नायिका तथा निर्मात्री केकी अधिकारीले फिल्म ‘पेट्रोल पम्प’ निर्माण गर्ने भएकी छन्। फिल्म ‘बोक्सीको घर’कै टिमको सहकार्यमा यो फिल्म बन्न लागेको हो।
नायिका केकी अधिकारीका अनुसार आगामी वर्ष २०८३ मा फिल्मको छायाङ्कन हुनेछ। सोही वर्षको उपयुक्त मितिमा हेरेर प्रदर्शनमा ल्याउने उनको योजना छ।
यो फिल्मको कलाकार चाँडै सार्वजनिक गर्ने योजनामा उनी छन्। भन्छिन्, ‘अहिले कुरा भइरहेको छ। कलाकारको पूरा टोली फाइनल भएपछि हामी सार्वजनिक गर्नेछौं। चाँडै सार्वजनिक गर्नेछौं।’
आफ्नो पनि अभिनय रहने सम्भावना उच्च रहेको केकीले बताइन्।




















