मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ६ जना पक्राउ परेका छन्।

मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले पुस २२ गते चेकजाँचको क्रममा सुनवर्षी-२ की गोमा भेट्वाल, रोहन यादव र एकवाल खान मियालाई ३ ग्राम ६३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।

यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीले इटहरी उप-महानगरपालिका-४ का हिरा साहलाई ७६० मिलिग्राम ब्राउन सुगर सहित र वडा प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-२० का जीवन राई र क्रिष श्रेष्ठलाई प्रतिबन्धित औषधी ट्रामोल ४०० क्याप्सुल र स्पास्पेन ४०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो।