तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका-१ ड्यामसाइडस्थित कालिका कन्ट्रक्सनमा काम गर्ने एक जना मजदुरको स्काभेटर र टिपरको बीचमा च्यापिएर मृत्यु भएको छ।
कालिका कन्ट्क्सन कम्पनीको इएक्स ०६६ नम्बरको स्काभेटर र सोही कम्पनीको बा प्र ०६-००१ क ०२५१ नम्बरको टिपरले काम गरिरहेको अवस्थामा अचानक च्याप्दा गम्भीर घाइते भएका व्यास नगरपालिका-५ का २५ वर्षीय महेन्द्र थापालाई उपचारका लागि मंगलबार दिउँसो दमौलीस्थित रत्नहरी अस्पताल लगिएकोमा उपचारका क्रममा उनको गएराति मृत्यु भएको हो।
टिपर चालक चितवनको राप्ती नगरपालिका-२ का ३३ वर्षीय जीवनकुमार गोले र स्काभेटर चालक बर्दियाको बारबर्दिया नगरपालिका-८ का २२ वर्षीय विशाल थारुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ भने मृतकको शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ।




















