नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरू महाधिवेशनस्थल भृकुटीमण्डप पुगेका छन्।
महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू चन्द्र भण्डारी र सुनिल शर्मा शुक्रबार दिउँसो विशेष महाधिवेशनको तयारी भइरहेको ठाउँ भृकुटीमण्डप पुगेका हुन्।
उनीहरूले महाधिवेशनस्थलको अवलोकन गरी नेतारकार्यकर्तासँग कुराकानी गरेका छन्।
यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्नेगरि तयारी अघि बढेको छ। तर, संस्थापन पक्षले विशेष महाधिवेशनलाई काउन्टर दिन सोही दिन जिल्ला सभापति र युवाहरूको भेला बोलाएको छ।
यसअघि पुस २६ देखि २८ सम्म नियमित महाधिवेशन गर्ने भने पनि त्यसलाई आउँदो वैशाखका लागि सारिएको छ।




















