नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ।
आज सुनको मूल्य तोलामा २८ सयले बढेर दुई लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि शुक्रवार सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार बढेर ४ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ।




















