इलाका प्रहरी कार्यालय धरान सुनसरीले धरान उप-महानगरपालिका-१६ स्थितबाट प्रतिबन्धित औषधी ९ हजार ९ सय १० क्याप्सुल सहित २ जनालाई पक्राउ गरेको छ।
पुस २७ गते बिहान खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१६ स्थितमा को १८ प ४२५६ नम्बरको मोटरसाइकललाई शङ्का लागी चेकजाँच गर्दा चालक कोशी गाउँपालिका-१ का २३ वर्षीय रोशन झा र १८ वर्षीय जय प्रकाश यादवको साथबाट प्रतिबन्धित औषधी ९ हजार ९ सय १० क्याप्सुल फेला पारी नियन्त्रणमा लिएको हो।
प्रतिबन्धित औषधी सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ।




















