कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाएका छन्। छलफल ३ बजेबाट देउवा निवासमा हुनेछ।
केन्द्रीय सदस्यसहित आफू निकट नेताहरूलाई छलफलमा बोलाएको देउवा निकट कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका एक नेताले जानकारी गराए।
कांग्रेसमा ५६ प्रतिशत नेताहरूको उपस्थितिमा विशेष महाधिवेशन भइरहेको छ। महामन्त्री गगनकुमार थापा र विश्व प्रकाश शर्माले प्रतिवेदन पेश गरेर समूहगत छलफलका लागि अगाडि बढ्दै छ।
विशेष महाधिवेशन अहिले खानाका लागि भनेर केही समयका लागि रोकिएको छ।



















