धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार स्थितबाट ४५९.९६५ किलोग्राम (चार सय उन्सठ्ठी किलोग्राम नौ सय पैसठ्ठी ग्राम) लागूऔषध गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ।
पुस २७ गते राती ८ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका-६ भेडेटार नजिक सडक साइडमा शङ्कास्पद अवस्थामा रहेको ना.४ च ६४७४ नम्बरको एम्बुलेन्स चेकजाँचको क्रममा एम्बुलेन्सभित्र प्लास्टिकको पोकामा ४ सय ५९ किलो ९ सय ६५ ग्राम गाँजा बरामद भएको थियो।
लागूऔषध गाँजा ओसारपसारमा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको छ।