नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २४९९ जना केन्द्रीय कमिटी सदस्यलाई शपथग्रहण गराएका छन्।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित शपथग्रहण कार्यक्रममा पार्टीको संयोजक रहेका प्रचण्डले उक्त संख्यामा रहेका केन्द्रीय कमिटी सदस्यलाई शपथग्रहण गराएका हुन्।
पेरिसडाँडामा उपस्थित हुन सक्नेका लागि भौतिक रूपमै शपथग्रहणको व्यवस्था गरिएको थियो। उपस्थित हुन नसकेकालाई नेकपाले भर्चुअल रूपमा शपथग्रहण गराएको छ।
पार्टीका मुख्यसचिव गणेशमान पुनले भने, “हामी इमेलमार्फत फर्म पठाउनेछौँ। यहाँ उपस्थित हुन नसकेकालाई हामीले सहज बनाइ दिएका छौँ।”




















