नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्य बढेको छ।
सुनको मूल्य १ हजार ५ सय रुपैयाँले बढेर तोलामा २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सोही सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। तोलामा ३ सय १५ रुपैयाँले बढेर आज ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।




















