रास्वपाको चुनाव प्रचारमा प्रयोग भएको गाडीमा मदिरा, चामल र तेल भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ। सल्यानको सल्लिबजार बाट खौरातर्फ जाँदै गरेको गाडी नियन्त्रणमा लिइएको सल्यानका डीएसपी डा. हेम केसीले बताए।
कर्णाली प्रदेश–०१–०१८ च ०४२९ नम्बरको बोलेरो जिप सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। सो गाडीबाट प्रहरीले रक्सि ७ काटुर्न, बियर २ कार्टुन, चामल २ बोरा र खाने तेल ३ काटुर्न बरामद गरेको छ।
प्रहरीले रास्वपाको झण्डा, ब्यानर र साउण्ड सिस्टम पनि बरामद गरेको छ। आचार संहिता बिपरित मदिरा र खाद्यान्न बोकेर प्रचारमा हिँडेको भेटिएपछि गाडी नियन्त्रणमा लिइएको डीएसपी डा.केसीले बताए।




















