निर्वाचन आयोगले अदालतबाट आदेश नहुँदासम्म धनुषा निर्वाचन क्षेत्र नम्बर १ को परिणाम सार्वजनिक नगर्न निर्देशन दिएको छ।

आयोगले आइतबार निर्वाचन अधिकृतको कार्यालयलाई उक्त निर्देशन दिएको हो। रास्वपाका उमेदवार किशोरी साहको उमेदवारी खारेजको रिटमा सोमबार पेसी तोकिएको छ।

“अदालतबाट आदेश नआउँदासम्म रोक्नु भन्ने निर्णय गरेका छौँ,” कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।