प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड ४ लाख १९ हजार २३४ मत गणना भएको छ।

निर्वाचन आयोगका अनुसार मंगलबार बिहान १०ः४५ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ।

रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको छ। पछिल्ला निर्वाचनहरुमा ५० लाख मत कुनैपनि दलले प्राप्त गर्न सकेका थिएनन्। ५० लाख मत कटाएर रास्वपाले नयाँ रेकर्ड गरेको छ।