इराकको बसरा नजिकै कच्चा तेल बोकेको अमेरिकी ट्याङ्करमा आक्रमण भएको छ। इराकस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्ति अनुसार उक्त आक्रमणमा एक जना भारतीय नागरिकको मृत्यु भएको छ।
“मार्च ११, २०२६ मा, मार्शल टापुहरूको झण्डा फहराउँदै अमेरिकी कच्चा तेल ट्याङ्कर ‘सेफसी विष्णु’ मा इराकको बसरा नजिकै आक्रमण गरिएको थियो।"
विज्ञप्तिमा भनिएको छ – जहाजमा रहेका बाँकी १५ भारतीय चालक दलका सदस्यहरूलाई सुरक्षित स्थानमा लगिएको छ।
बगदादस्थित भारतीय दूतावासले इराकी अधिकारीहरू र उद्धार गरिएका भारतीय नाविकहरूसँग निरन्तर सम्पर्कमा रहेको र सबै सम्भावित सहयोग प्रदान गरिएको बताएको छ।
दूतावासले मृतक चालक दलका सदस्यका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।




















