यही २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य पदका मोरङ, क्षेत्र नं. ३ का नेकपा (एमाले)का उम्मेदवार इरनकुमार राईले आजदेखि कार्यकर्ता तथा मतदाताहरूलाई वडा वडामै पुगेर धन्यवाद दिने कार्यक्रम थालेका छन् । उनले पथरी–शनिश्चरे नगरपालिकाका १, २, ३, ४, ७, ८, ९ र १० वडा कमिटीहरूमार्फत ती वडाका सम्पूर्ण कार्यकर्ता र मतदाताहरूलाई सोही वडाहरूमा पुगेर धन्यवाद दिएका हुन् । उक्त कार्यक्रममा केन्द्रीय सल्लाहकार युवराज बास्कोटा, प्रदेश सदस्य तथा पथरी–शनिश्चरेका पूर्व नगर प्रमुख दिलिप राई, संविधान सभा सदस्य मधु गुरुङ, जिल्ला सदस्यहरू भगतचन्द्र थपलिया, कृष्ण गुरुङ, कपिलमणि ढकाल, दुर्गादेवी सुवेदी, वडाध्यक्षहरू भीम राई, नैना राई, नवीनजङ कार्की, जीवन खतिवडा तथा नगरपालिका कमिटीका अध्यक्ष सञ्जीव गिरी, सचिव विरोज मगर, उपसचिव सपना राई तथा पूर्व वडाध्यक्ष बाबुराम एक्तेन, तथा वडा कमिटीका अध्यक्षहरू कुलमणि गुरुङ, अशोक साङपाङ, हर्क लिम्बू, उपेन्द्र कार्की, दिवस खजुम लिम्बू, कुलबहादुर लिम्बू, कुरुक्षेत्र नेपाल र लिलाराम लिम्बूको उपस्थिति रहेको थियो । 

WhatsApp Image 2026-03-12 at 7.07.57 PMWhatsApp Image 2026-03-12 at 7.07.57 PM (1)

यो निर्वाचनको परिणाम प्राविधिक पराजय मात्र भएकोले यसबाट कोही पनि निराश नबन्न तथा हाम्रा प्रतिबद्धता र योजनाहरू देश र समाजका लागि सर्वोत्तम र जनमुखी भएकाले ती योजनाहरूलाई उत्साहका साथ अगाडि बढाउन राईले उपस्थित पार्टीका साथीहरूलाई आव्हान गरेका थिए । 

उनको वडास्तरको धन्यवाद कार्यक्रम क्रमश बेलबारी, कानेपोखरी हुँदै सुन्दरहरैँचाका वडाहरूमा आयोजना गरिने एवं चैत ७ गते बेलबारी पार्टी कार्यालयमा क्षेत्रीयस्तरको कार्यक्रमसँगै समापन गरिने जानकारी राईले दिएका छन् ।   

WhatsApp Image 2026-03-12 at 7.07.56 PM (1)