नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फको २० सिटका लागि निर्वाचन आयोगमा नाम पठाएको छ।

आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले आयोगले तोकेको क्लस्टर अनुसार सूची बुझाउने निर्णय गरेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

यसमा १५ जना महिला र ५ जना पुरुषको नाम कांग्रेसले आयोगलाई दिएको छ। 

यसअघि पेस गरेको बन्दसूचीबाट नाम छानिएको प्रवक्ता चालिसेले बताए। पुरुषको खस आर्यतर्फ अर्जुन नरसिंह केसी र जनजातितर्फ भीष्मराज आङदम्बेको नाम पठाइएको छ।

प्रवक्ता चालिसेले निर्वाचनको समीक्षा गर्न यसै साता केन्द्रीय समिति बैठक बस्ने पनि जानकारी दिए।