बेलका नगरपालिका–२ स्थित बानडाँडामा खेत जोत्न जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान प्रदेश १–०४०० १ त१३३२ नम्बरको ट्याक्टर बानडाँडा क्षेत्रमा खेत जोत्न जाने क्रममा गिदेरी खोलाको उकोलोमा पल्टिएर दुर्घटना भएको हो।

दुर्घटनामा परी ट्याक्टर चालक बेलका–२ बानडाँडाका १८ वर्षीय सोकिन्दर चन्द्रवंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए। मृतकको शवलाई पोष्टमार्टमका लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पताल पठाएको उनले बताए।