कञ्चनपुरमा एक महिलाको हत्या भएको छ। दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोककी ७५ वर्षीया बिन्द्रा श्रेष्ठको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार गएराति उनकै छोरा हरिप्रसाद श्रेष्ठले धारिलो हतियार प्रहार गरी बिन्द्राको हत्या गरेका हुन्।

हरिप्रसादको आक्रमणबाट उनकी बहिनी भगवती माझी घाइते भएकी छन्। छोराले धारिलो हतियार प्रहार गर्दा बिन्द्राको घटनास्थलमै मृत्यु भएको हो।

दाजुको आक्रमणमा घाइते भएकी भगवतीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। फरार अभियुक्तको खोजी जारी छ।

जग्गासम्बन्धी विवाद घटनाको प्रमुख कारण भएको सूचना अधिकारी शाहीले जानकारी दिए।