नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले सभापतिका रूपमा गाडी हाँकिसकेकाले अब नरोकिने बताएका छन्।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले त्यो गाडीमा को थियो र को थिएन भनेर पूर्वाग्रह नगर्ने बताए।
‘मैले सभापतिको रूपमा गाडी हाँकेको छु। अब यो गाडी रोकिँदैन। मैले भने, यो गाडीमा अब को विशेष अधिवेशनमा हुनुहुन्थ्यो र को हुनुहुँदैन थियो भन्ने कुराबाट कुनै पूर्वाग्रह पनि हुँदैन,’ सभापति थापाले भने, ‘मैले उपसभापति र केही नेताहरूसँग आग्रह पनि गरेको छु। हामी सबैलाई सहभागी गराएर त्यसलाई अघि बढाएर लैजान्छौँ।’




















