सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफे तथा आईसक्रिम पार्लरमा भीषण आगलागी भएको छ।

बुधबार बिहान इटहरी उपमहानगरपालिका–६ मा रहेको क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी भएको हो। 

आगलागी नियन्त्रणका लागि सुनसरीका धरान, रामधुनी, इनरुवा तथा मोरङका विराटनगर र सुन्दरहरैंचा लगायत स्थानीय तहका बारुणयन्त्र परिचालन गरिएको थियो। सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ।

इटहरी उपमहानगरपालिकाको आफ्नै बारुणयन्त्र भने यसअघि जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएकाले अन्य स्थानीय तहबाट दमकल मगाउनु परेको थियो।

आगलागीको कारण र आगलागीबाट भएको क्षतिको विवरण भने हालसम्म सार्वजनिक भएको छैन।