नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ को अभिव्यक्तिपछि एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको हो।

सचिवालय बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने छ। 

उपाध्यक्ष विष्णु पौडेलले बादलले बोलेको विषयमा पार्टीको नीति र मान्यताविपरीत रहेको प्रष्ट्याएका छन्। त्यस्तै अर्का उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले पनि बादलको प्रस्तुतिप्रति आलोचना गरेका छन्।

बादलको अभिव्यक्ति शैली संसदीय मर्यादाविपरीत रहेको भन्दै एमालेभित्र तीव्र असन्तुष्टि बढेको छ। आजको बैठकले उनको अभिव्यक्ति र विकसित घटनाक्रमबारे छलफल गर्नेछ।