पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ।

सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो। अदालतले यसअघि कारण देखाउ आदेशपछि विपक्षीबाट लिखित जवाफ पेस गरेसँगै आजका लागि पेसी तोकिएको हो। 

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवैजनालाई पक्राउ गरेको थियो।