प्रतिनिधि सभा मोरङ क्षेत्र नं. ३ का सदस्य गणेश कार्कीले रेल परियोजनाका कारण स्थानीय बासिन्दाले भोगिरहेका समस्याबारे ध्यानाकर्षण गराएका छन्। उनका अनुसार हाल रेल सेवा जनकपुरमा मात्रै सीमित भएपनि यसको प्रभाव भने देशभर फैलिएको छ।
परियोजनाका कारण धेरै नागरिकको जग्गा रोक्का भएको छ, जसले गर्दा आवश्यक पर्दा समेत प्रयोग गर्न नपाउने अवस्था सिर्जना भएको छ। साथै, मुआब्जा नपाएको गुनासो पनि बढ्दो छ।
सांसदले विशेषगरी मोरङ–३ मा समस्या गम्भीर रहेको उल्लेख गर्दै यसको समाधानका लागि पहल भइरहेको बताएका छन्।




















