मोरङको कानेपोखरी गाउँपालिका-५ बाँसवारीस्थित सडकमा मे ६ प ५९४ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री कानेपोखरी गाउँपालिका-५ बस्ने ६० वर्षीय नरेश काफ्लेको शनिबार साँझ मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो। साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार तीनजनाको अरनिको अस्पताल उर्लाबारीमा उपचार भइरहेको बताइएको छ।
दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















