दाङको तुलसीपुर उपमहानगरपालिका–५ गुल्म चोकमा टिपर र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बाबु–छोराको मृत्यु भएको छ। 

रा.४ प.३३९० नम्बरको मोटरसाइकल र रा.१ ख.२१९२ नम्बरको टिपर एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक दाङकै लमही नगरपालिका–५ बस्ने ३५ वर्षीय मनोजकुमार नेपाली र उनका ५ वर्षीय छोरा मिरान्त नेपाली रहेका छन्। टिपरको ठक्करबाट गम्भीर घाइते भएका बाबु–छोराको उपचारका क्रममा मृत्यु भएको हो।

सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३४ वर्षीया अनुषा परियार सामान्य घाइते भएकी थिइन्।