परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा सीमासम्बन्धी राखेको अभिव्यक्तिबारे जवाफ दिएका छन्।

आजको प्रतिनिधिसभा बैठकमा उनले जेठ १७ गते सदनमा प्रधानमन्त्रीले राखेको धारणाबारे परराष्ट्रले जानकारी गराएको बताए।

“नेपालको सीमाको विषय उल्लेख गर्दै द्वीपक्षीय वार्ताद्वारा समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो। सम्मानीयज्यूबाट प्रस्तुत धारणाका सम्बन्धमा परराष्ट्र मन्त्रालयले सोही दिन विस्तृत जानकारी उपलब्ध गराइसकेको छ। नेपाली भूमि लिपुलेक क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा समेत नेपाल सरकारको आधिकारिक धारणा परराष्ट्र मन्त्रालयले २०८३ वैशाख २० मा स्पष्ट पारेको छ,” उनले भने।

त्यसको जवाफ कूटनीतिक नोटबाट प्राप्त भएको बताए। उनले प्रधानमन्त्रीले संसद्‌मा राखेको सन्दर्भ केही प्राविधिक यर्थाथ र क्रस बोडर अकुपेसनसँग जोडिएको बताए।

“सम्माननीय प्रधानमन्त्रीज्यूले संसद्‌मा राख्नुभएको भनाइको सन्दर्भ केही प्राविधिक यर्थाथ र क्रस बोडर अकुपेसनसँग जोडिएको छ। यसमा मूल प्रश्न भनेको सीमासम्बन्धि विषयको कसरी निरुपण गर्ने भन्ने हो,” उनले भने।