नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरमा नवनियुक्त कर्मचारीहरूका लागि सञ्चालन गरिएको दुई दिने "Induction and Basic Skills Classes" सफलतापूर्वक सम्पन्न भएको छ।
Nursing Matron Srizu Parajuli तथा उहाँको टोलीद्वारा आयोजित उक्त कार्यक्रमको मुख्य उद्देश्य नयाँ कर्मचारीहरूलाई अस्पतालको दृष्टिकोण, मिसन, नीति, सेवा संस्कार तथा व्यावसायिक मापदण्डबारे जानकारी गराउँदै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक आधारभूत ज्ञान र सीप विकास गर्नु रहेको थियो।
तालिमका क्रममा सहभागीहरूलाई Basic Clinical Skills, Infection Prevention and Control (IPC), Hand Hygiene, Patient Safety, Documentation, Communication Skills, Vital Signs Monitoring तथा Medication Safety लगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
प्रशिक्षणमार्फत बिरामीको सुरक्षा, संक्रमण नियन्त्रण, प्रभावकारी सञ्चार, सही अभिलेखीकरण तथा सुरक्षित औषधि व्यवस्थापनजस्ता विषयमा कर्मचारीहरूको क्षमता अभिवृद्धि गरिएको अस्पतालले जनाएको छ। यस्ता सीपहरूले स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्नुका साथै बिरामीमैत्री, सुरक्षित र प्रभावकारी सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले दक्ष, जिम्मेवार र सेवामुखी जनशक्ति उत्पादन गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यस्ता अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।




















