​संसद्‌मा सांसदहरूले उठाएका विषयमा जवाफ दिन सभामुख डोलप्रसाद (डीपी) अर्यालले सरकारलाई रुलिङ गरेका छन्। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, रास्वपाका रमेश प्रसाईंलगायतको मागपछि सोमबार सभामुखले रुलिङ गरेका हुन्।

कर्णालीमा भएको बस दुर्घटनाको उद्धारमा लापरबाही गरिएको भन्दै शाहीले सरकारको जवाफ माग गरेका थिए। रास्वपाका प्रसाईंले पनि सदनमा गृहमन्त्रीको जवाफ माग गरेका थिए।

सभामुखले सरकारलाई जवाफ दिन पहिलो रुलिङ गरेको भन्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले धन्यवाद दिए।

यसअघि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै विपक्षी दलले रुलिङ माग गरेका थिए।

तर, सभामुखले रुलिङ गर्न मानेका थिएनन्।