प्रतिनिधिसभामा विपक्षी दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँडेको भान आफूलाई भएको बताएका छन्।

सोमबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलका नेता आङदेम्बेले सरकारको कार्यशैली सहकार्यभन्दा पनि टकरावको सृजना गर्ने खालको भएको बताएका हुन्।

'सय दिनमा सरकारको कार्यशैली संवादभन्दा दूरी, सहकार्यभन्दा टकराव र परामर्शभन्दा एकल निर्णयमा आधारित छ, आङदेम्बेले भने।

'सुल्टो बाटो हिड्नुपर्छ। छिटो हिँडेर मात्रै गन्तव्यमा पुगिँदैन, हिँड्ने बाटो सही हुनुपर्छ। प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो, तर मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नुभएको भान मलाई भइरहेको छ।'