संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री पौडेलले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन्। उनले पर्यटन क्षेत्रको व्यवस्थापन तथा विकाससँग सम्बन्धित प्रावधान समेटिएको विधेयकमाथि समितिमा दफावार छलफल गर्न प्रस्ताव गरेका थिए।

प्रस्तावमाथि सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गरेका थिए। बैठकले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको सभामुख अर्यालले घोषणा गरेका हुन्।