गृह मन्त्रालयका पूर्वसचिव पद्मप्रसाद पोखरेलको निधन भएको छ। उपचारको क्रममा माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको पारिवारिक सदस्यहरूले बताएका छन्।
पोखरेल २०५५ वैशाखदेखि २०५७ कात्तिकसम्म गृह मन्त्रालयको सचिवको रूपमा कार्यरत थिए। उनका १ छोरा र ३ छोरी छन्। उनी पूर्व आईजीपी सर्वेन्द्र खनालका ससुरा हुन्।




















