प्रतिनिधिसभाको बैठक बुधबारका लागि तय भएको छ। सङ्घीय संसद् सचिवालयले आज एक सूचना जारी गर्दै बैठकको मिति र समय सार्वजनिक गरेको हो।
सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचना अनुसार, सभामुख डीपी अर्यालले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम बैठकको मिति र समय निर्धारण गरेका हुन्।
यसअघि भदौ ११ गते अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक अब भदौ १७ गते बुधबार दिउँसो '१:०० बजे बस्ने गरी तय गरिएको छ। माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ' सचिवालयले जारी गरेको सूचनामा भनिएको छ।












