जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन्। पार्टीको आगामी दोस्रो महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार तय गरिएको मनोनयन दर्ता कार्यक्रममा अध्यक्ष पदका लागि डा. राउतको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका हुन्। अध्यक्ष पदमा सर्वसम्मत चयन भए तापनि पार्टीका अन्य विभिन्न पदाधिकारी पदहरूमा भने चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक सूची अनुसार पदाधिकारीका अन्य पदहरूमा उल्लेख्य मनोनयन दर्ता भएको छ। जस अनुसार कुल ७ जना उपाध्यक्ष पदका लागि १४ जनाले उम्मेदवारी दिएका छन्।












