मनोहरा खोलामा आएको बाढीका कारण ललितपुरको च्यासल क्षेत्र बढी प्रभावित देखिएको छ। नेकपा एमालेको केन्द्रीय कार्यालय अगाडि पानीको बहाव बढेको छ।
लगातारको वर्षाका कारण मनोहरा खोला र बागमती नदीमा पानीको सतह बढ्दै गएको हो। पानी खोलाको किनारा नाघ्ने अवस्थामा पुगेको छ। वर्षा अझै नरोकिएकाले पानीको बहाव थप बढ्दै गएको छ।
बाढीको पानी बढेसँगै च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयसमेत डुबानको जोखिममा परेको छ। गत वर्ष पनि मनोहरा खोलामा आएको बाढी पार्टी केन्द्रीय कार्यालय परिसरमा पस्दा कार्यालय डुबानमा परेको थियो। 
वर्षा निरन्तर भइरहेकाले च्यासल क्षेत्रका बासिन्दा तथा आसपासका संरचनामा समेत बाढीको जोखिम बढेको छ। सुरक्षा निकायले तटीय क्षेत्रमा माइकिङ गरेर सचेत रहन आग्रह गरेको छ।