Fatafat Nepal
Fatafat Nepal
  • गृहपृष्ठ
  • समाचार
    • बेलबारी समाचार
    • दुर्घटना
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • अपराध
  • पर्यटन
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • कला/साहित्य
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
    • यौन
    • पत्रपत्रीका
    • राशिफल
    • मौसम
  • गृहपृष्ठ
  • समाचार
    • बेलबारी समाचार
    • दुर्घटना
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • अपराध
  • पर्यटन
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • कला/साहित्य
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
    • यौन
    • पत्रपत्रीका
    • राशिफल
    • मौसम
ताजा अपडेट
सरकारको प्रतिगामी कदम धेरै टिक्दैन : ओली तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, विशेष पूजा र पासको व्यवस्था बन्द भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा काठमाडौं बिग्रिन थालेको ५० वर्ष भइसक्यो, अहिले केही राम्रा काम हुँदैछन् : हरिवंश आचार्य विराटनगरमा सिटी सफारीको ठक्करबाट घाइते वृद्धलाई सडकमा छाडेर चालक फरार, वृद्धको केहीबेरमै मृत्यु हात हल्लाएर ट्राफिक व्यवस्थापन गर्ने अवस्था अन्त्य गर्नुपर्छ : आईजीपी कार्की देश अँध्यारो सुरुङमा फस्यो, निषेधको राजनीति छाडेर सहमति खोजौँ : लिङ्देन उत्कृष्ट सहरी व्यवस्थापनका लागि सबै सुरक्षा निकायबीच सहकार्य आवश्यक छ : कार्यवाहक प्रमुख डंगोल मधेसमा इन्जिनियरिङ अध्ययनका लागि नयाँ क्याम्पस खोल्ने तयारी प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान

समाचार

बालअधिकारको संरक्षण र प्रवर्द्र्धनमा दत्तचित्त भएर लाग्नुपर्नेमा उपराष्ट्रपतिको जोड

  • भदौ २९, २०८०
  • ९४ पटक पढिएको
  • Gravatar 250 फटाफट नेपाल
सेयर गर्नुहोस्
alt

उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा भएको व्यवस्थाअनुरुप बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा व्यक्तित्व विकासका योजना अनिवार्यरूपमा तर्जुमा गरी लागू गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले स्थानीय तहमा बाल क्लब तथा किशोर–किशोरी समूहका सिर्जनात्मक एवं व्यक्तित्व विकासका कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । बालबालिकाका लागि प्राविधिक शिक्षा तथा सीपमूलक प्रशिक्षणको आयोजना गर्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति यादवले बालश्रम, बालगृहमा अनधिकृत सिफारिस, बाल हिंसा तथा दुव्र्यवहार गर्ने र बालविवाहलाई संरक्षण र समर्थन गर्नेजस्ता गलत कार्यहरू समाजबाट निषेध गर्नुपर्ने बताउनुभयो । सबै स्थानीय तहमा बालकोषको स्थापना गरी सरकारले तय गरेका कार्यहरू सामाजिकीकरण सेवा, जोखिममा परेका बालबालिकालाई आपत्कालीन राहत सेवा, स्वास्थ्योपचार सहायता आदिमा जोड दिँदै उहाँले बालअधिकारको संरक्षण र प्रवर्द्धनमा सबै दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभएको छ । “बालअधिकारको संरक्षण र प्रवर्द्धनमा जनप्रतिनिधिको महत्त्वपूर्ण भूमिका रहेकाले उहाँहरूले यसका लागि बालमैत्री कार्यक्रमको सञ्चालन गर्न आवश्यक छ । बाल संरक्षण घटना व्यवस्थापन कार्यमा स्वास्थ्यकर्मीको भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण छ”, उपराष्ट्रपति यादवले सन्देशमा भन्नुभएको छ । बालबालिकाको उपचारका लागि आएका अभिभावक र बालबालिकालाई स्वास्थ्यसम्बन्धी परामर्श सेवा उपलब्ध गराउने, बालबालिकालाई बालमैत्रीरूपमा उपचार र स्वास्थ्य परीक्षण आदिका लागि सहजीकरण गर्न स्वास्थ्यकर्मी सदैव अग्रसर हुनुपर्ने उहाँको भनाइ छ । बाल अधिकारको संरक्षणमा शिक्षकको दायित्व, कर्तत्व र जिम्मेवारी पनि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले शिक्षकले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन आवश्यक पहल गर्ने, विद्यालयमा भय तथा हिंसारहित सिकाइका उपायहरू अवलम्बन गरी शिक्षण सिकाइ गर्ने, विद्यालयमा बाल सहभागिता प्रवर्द्धन, बालक्लब गठनलगायत विभिन्न सिर्जनात्मक क्रियाकलापमा बालबालिकाको सहभागिताका लागि सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । आजका बालबालिका नै भविष्यका कर्णधार भएको जनाउँदै उहाँले बालबालिकालाई संविधानले व्यवस्था गरेको हक, अधिकार प्रत्याभूत हुने गरी कार्य गर्न अझ बढी सचेत हुनु जरुरी रहेको बताउनुभयो । नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनको स्मरण गर्दै राष्ट्रिय बाल दिवस मनाइँदै आइएको छ । सन् १९९० सेप्टेम्बर १४ मा नेपालले बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको हो । यस वर्ष बाल दिवसको मूल नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सरकारको प्रतिगामी कदम धेरै टिक्दैन : ओली
सरकारको प्रतिगामी कदम धेरै टिक्दैन : ओली
तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, विशेष पूजा र पासको व्यवस्था बन्द
तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, विशेष पूजा र पासको व्यवस्था बन्द
भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा
भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा

ताजा समाचार

01
सरकारको प्रतिगामी कदम धेरै टिक्दैन : ओली
02
तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, विशेष पूजा र पासको व्यवस्था बन्द
03
भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा
04
काठमाडौं बिग्रिन थालेको ५० वर्ष भइसक्यो, अहिले केही राम्रा काम हुँदैछन् : हरिवंश आचार्य
05
विराटनगरमा सिटी सफारीको ठक्करबाट घाइते वृद्धलाई सडकमा छाडेर चालक फरार, वृद्धको केहीबेरमै मृत्यु

लोकप्रिय समाचार

01
बाँसले पेटमा छेडिएकी महिलाको विराट नसिंर्ङ होममा सफल उपचार
02
झापाका माछा किसानमाथि मध्यरातमा छुरा प्रहार, आरोपी फरार
03
काँकरभिट्टा–लौकही सडक स्तरोन्नतिमा माटोको समस्या
04
दुई समूहबीच झडप हुँदा मोरङका १ जनाको मृत्यु, ४ पक्राउ
05
सुन्दरहरैँचामा बसको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते
Fatafat Nepal

हाम्रो बारेमा

  • Fatafat News and Network Pvt. Ltd.
  • Belbari, Morang, Nepal
  • Email: [email protected]
  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज

Fatafat Nepal
  • नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.

Website By : Hash Tech Logic