शेरबहादुर देउवाले नेपाली कांग्रेसको आधिकारिक सभापति आफू नै भएको बताएका छन्। आइतबार वीरेन्द्रनगरमा आयोजित देउवा कांग्रेसको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशन पछाडि अर्को नयाँ साथी सभापति बन्नुहुन्छ,’उनले भने। साथै उनले नेपालको संविधान र कांग्रेसको विधान अनुसार आधिकारिकता आफूले नै प्राप्त गर्नेमा विश्वस्त रहेको बताए। उनले अगाडि भने, ‘न्यायालयप्रति मेरो पूर्ण विश्वास छ, हामीले नै पार्टीको आधिकारिकता पाउँछौँ। अब म फेरि न त पार्टी सभापति हुन्छु, न त प्रधानमन्त्री नै।’

आफूले यो मुलुकबाट लिनु केही पनि नरहेकाले बाँचुन्जेल सकेको दिने उनले बताए।