सिन्धुलीमा जीप दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। आइतबार (मंसिर १३) दिउँसो करिब १ः१५ बजे दुधौली नगरपालिका–३, झुंगास्थित मदन भण्डारी राजमार्गमा बा.प्र.०१–०२८ च २७८३ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।

जीप काठमाडौंबाट सुनसरीतर्फ जाँदै थियो। जीप अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा जीपका चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–८ का ४२ वर्षीय मातृका भट्टराई, उनकी श्रीमती ३८ वर्षीया प्रमिला, छोरा आठ वर्षीय आयन्स, सोही ठाउँकी ४० वर्षीया रेनुका सुवेदी भट्टराई र उनका छोरा १३ वर्षीय अतर्व छन्। घाइतेमध्ये चालक भट्टराईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापश्चात् उद्धार गरी उपचारका निम्ति घाइतेहरूलाई जिल्ला अस्पताल सिन्धुली पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।