नेपाल बार एसोसिएसनका अध्यक्ष, वरिष्ठ अधिवक्ता प्राडा विजय प्रसाद मिश्रले समस्या निकायमा होइन संस्कारमा रहेको बताएका छन्। 
शुक्रवार काठमाडौँमा आयोजित नीतिगत निर्णय र भ्रष्टाचार सम्बन्धी छलफल कार्यक्रममा उनले भ्रष्टाचार मान्छेले किन कसरी गर्छ भन्ने कुरा आफ्नो ठाउँमा रहेको भन्दै गलत संस्कारका कारण यस्तो समस्या आउने बताए। 
उनले भने, ‘भ्रष्टाचार मान्छेले किन गर्छ, कसरी गर्छ भन्ने कुरा आफ्नो ठाउँमा छ। तर समस्या संस्कारमा छ, निकायमा होइन। समस्या कानुन, प्रणालीमा होइन, संस्कृतिमा छ। तर समाधान कानुन र नीतिगत प्रणालीमा छ। मन्त्रिपरिषद्लाई अख्तियारको मातहतमा राखेपछि, शक्ति विभाजनको सिद्धान्तलाई फेरि परिभाषा गरेर चार वटा अङ्ग हुन्छ भनेर व्यवस्था गर्नुपर्ने अवस्था छ।’