झापाको भद्रपुर नगरपालिका-५ स्थितबाट गोली प्रहार गरी लागूऔषध कारोबारीमा संलग्न भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत किसनगंज कोल्लिकोटका ३६ वर्षीय मोहमद इस्लाम रहेका छन्। 
साउन १० गते दिउँसो विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इस्लामको साथबाट १०७ ग्राम १०० मिलिग्राम ब्राउन सुगर बरामद गरेसँगै नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई नै हातपात गरे पश्चात् प्रहरीले २ राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। 
बायाँ खुट्टाको घुँडा मुनि गोली लागी घाइते भएका इस्लामको प्रहरीको निगरानीमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भइरहेको छ।