सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री चढेको गाडी एक आपसमा ठोक्किएका छन्।

मंगलबार कैलालीको चिसापनीमा आयोजित कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेका गाडी एक आपसमा ठोक्किएका हुन्।

सोही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि चिसापानी पुगेका छन्। मन्त्रीद्वय पाल र कार्की पनि त्यसतर्फ जाने क्रममा दुईवटा गाडी ठोक्किएका हुन्।

कार्की चढेको से.१ झ ३३० र पाल चढेक बा.२ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी राज कुमार सिंहले जानकारी दिए।

उनका अनुसार गाडीमा क्षति भएको छ। तर, मानवीय क्षति भने नभएको उनले बताए।