आफ्नै घरमा लुकाएर राखिएको अवस्थामा प्रहरीले बरामद गरेको रकम चार करोड २५ लाख रहेको पुष्टि भएको छ।
मंगलबार साँझ प्रहरीले छापा हानेर रकम बरामद गरेको थियो।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) शेखर खनालका अनुसार ठुलो मात्रामा रकम भेटिएपछि बैंकबाट मेसिन मगाएर गणना गर्दा चार करोड २५ लाख रकम रहेको खुलेको हो।
त्यसैगरी, सुनका विभिन्न गरगहनाहरू ९ किलो ८३७ ग्राम बरामद भएको छ। ३ किलो २१८ ग्राम चाँदीका गरगहना बरामद भएका छन्।
उक्त रकम, सुनचाँदीसहित प्रहरीले गोरखाको गोरखा बजारका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
उक्त रकम र सुनचाँदीसहित पक्राउ परेका व्यक्ति मिटरबाजी रहेको प्रहरीले दाबी गरेको छ।

काठमाडौँ महानगरपालिका(२६ गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको दाबी प्रहरीले गरेको छ।
ठुलो मात्रामा अवैध रकम लुकाएर राखेको भन्ने सूचना आएपछि प्रहरीले छापा मारेको थियो। सो क्रममा श्रेष्ठ पक्राउ परेका हुन्।