नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ।
एमालेले मंगलबार पत्रकार सम्मेलनमार्फत् यसबारे विस्तृत जानकारी दिएको हो। एमालेले यस महाधिवेशनलाई ऐतिहासिक, भव्य र सफल बनाउन आवश्यक तयारी पूरा भइसकेको जनाएको छ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २० गते बिहान ११ बजे विशेष सत्रमार्फत महाधिवेशनको उद्घाटन गर्नेछन्। उनी अहिले चीन भ्रमणमा छन्। ओली नेपाल आइपुगेलगत्तै विधान महाधिवेशनमा लाग्ने छन्।