सुन तस्करी तथा हत्या मुद्दामा सजाय काटिरहेका नाइके चूडामणि उप्रेती 'गोरे' कारागारबाट फरार भएका छन्। मंगलबार भएको प्रदर्शनीको क्रममा उनी सुन्धारा कारागारबाट भागेका हुन्।
उनीसँगै कयौं कैदीबन्दीहरू भागेको कारागार स्रोतले जानकारी दिए। गोरे ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा दोषी ठहर भई जन्मकैद सजाय भोगिरहेका थिए।




















