जेन-जेड प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै, देशभर विभिन्न अस्पतालमा १ हजार ३६८ जना घाइते उपचाररत छन्। जसमध्ये ३२१ जना अस्पतालमा उपचाररत छन्। हालसम्म ९४९ जना डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार काठमाडौँको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, बयोधा अस्पतालमा २ त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल, बिएनसी अस्पतालमा एक/एक जनाको मृत्यु भएको छ।