झापाको भद्रपुरमा बुधबार राति भएको सवारी दुर्घटनामा परेर १ जना वृद्धको मृत्यु भएको छ।

नगरपालिका–६ भानु चोकका ५९ वर्षीय राम श्रेष्ठको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका–७ सुनमाईमा भएको दुर्घटनामा प्र ३–०२– ००७ प ६०९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा श्रेष्ठको मृत्यु भएको हो।

इलामाबाट घर फर्कँदै गरेका श्रेष्ठ सवार मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुले पनि घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।