दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत (सातौँ) टंकबहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयको टोलीले उनलाई बिहीबार वीरेन्द्रनगरबाट रंगेहात नियन्त्रणमा लिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी धर्म बुढाले कार्कीले सेवाग्राहीबाट उक्त रकम घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको बताए।
बुढाले भने, ‘एक लाख रकम सहित समाएको हो, बाँकी विवरण माथि केन्द्रीय कार्यालयले विज्ञप्ति निकाल्छ।’पक्राउ परेका कार्कीमाथि अख्तियारले थप अनुसन्धान गरिरहेको छ।