नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा गएको पहिरो अझै हटाउन सकिएको छैन।
आइतबार बिहानैदेखि डिभिजन सडक कार्यालय भरतपुरको ३ वटा मेसिनले बिहानैदेखि पहिरो पन्छाउन सुरु गरिएको छ। तर अहिलेसम्म पनि पहिरो हटाएर सडक खुलाउन सकिएको छैन। माथिबाट पुनः पहिरो खसिरहेको कारणले गर्दा पहिरो पन्छाउन थप चुनौती भएको हो।
शुक्रवार बेलुका साढे छ बजेदेखि पहिरोको कारण सडकखण्ड बन्द भएको थियो। बाटो बन्द हुँदा यात्रुहरू गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका छन्।
यस सडकखण्ड भएर गुड्ने सवारीसाधन वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन्।