गत भदौ २४ गते जेनजीका नाममा भएको उग्र प्रदर्शनका क्रममा घरमा आगो लगाउँदा जलेकी महिलाको उपचारका क्रममा ज्यान गएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको वीरगञ्जस्थित घरमा आगजनी गरिँदा जलेर घाइते भएकी ४५ वर्षीया सोशलादेवी हजाराको मंगलबार उपचारका क्रममा ज्यान गएको हो। उनको काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
उनी कांग्रेस नेता रुङ्टाको घरमा काम गर्दै आएकी थिइन्। घरेलु कामदारका रुपमा उनी पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ निवासी हुन्।
वीरगन्ज महानगरपालिका-१३ स्थित रुंगटाको निवास परिसका ४ वटा भवनमा आगो लगाइएको थियो। जेनजी आन्दोलनका क्रममा अराजक समूह पसेर लुटपाट मच्चाउने क्रममा आगोसमेत लगाएका थिए ।
उनी आगजनीका क्रममा घरको छतमा थिइन् । छतमा रहेका अर्का युवक पनि जलेर गम्भीर भएका भएका थिए । उनलाई वीरगञ्ज महानगरपालिकाको वारुण यन्त्रको भर्याङको सहयोगमा बचाइएको थियो ।