झापा र मोरङबाट लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
कार्तिक २० गते झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक नगरपालिका-५ का ३१ वर्षीय राजु श्रेष्ठलाई ४५ ग्राम ९३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।
त्यसैगरी, लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले को. ४ प ७४२ नम्बरको मोटरसाइकल चालक सुन्दरहरैचा-१० का २८ वर्षीय सुशान्त पोखरेल र पछाडि सवार सुन्दरहरैचा-९ का ३८ वर्षीय चेवन धिमाललाई ११ ग्राम २२ मिलिग्राम ब्राउन सुगरसहित विराटनगर-१६ बाट पक्राउ गरेको छ।
त्यस्तै, झापाको भद्रपुर-५ बाट वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर-४ का ३० वर्षीय पुरण विश्वकर्मालाई २ ग्राम १३० मिलिग्राम ब्राउन सुगरसहित र प्रहरी चौकी चारआलीले मेचीनगर-१३ बाट प्रतिबन्धित औषधी लोरी १६० ट्याब्लेट र ट्रामाडोल ६० ट्याब्लेट सहित मेचीनगर-३ का ३० वर्षीय प्रशान्त सेन्चुरीलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका उनीहरूको आवश्यक अनुसन्धान भइरहेको छ