प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी छन्।
नाम दर्ता गर्न तोकिएको म्याद ९ दिन मात्र बाँकी रहेको भन्दै कार्कीले नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी हुन्।
उनले एक्स अकान्टमा लेखेकी छन्, ‘तपाईंको मत नै तपाईंको आवाज हो। मतदाता परिचयपत्र दर्ता गर्न अब मात्र ९ दिन बाँकी।’
निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने कार्यतालिका निर्धारण गरेको छ।




















